प्रेमीलाई मध्यराति खेतमा भेट्न बोलाई श्रीमानसँग मिलेर हत्या

दु:खद

एजेन्सी । भारतको मध्य प्रदेशको निवाडी जिल्लाको पृथ्वीपुरमा एक महिलालाई प्रेमी हत्याको आरोपमा प्रक्राउ गरिएको छ । अनैतिक यौनसम्वन्धका कारण सोही गाउँका २२ वर्षीय युवक संतोष कुशवाहाको श्रीमानसँग मिलेर हत्या गराएकी हुन् ।
प्रहरीका अनुसार ती महिला र संतोषकाबीच अबैध यौनसम्वन्ध रहेको थियो । महिलाका श्रीमानले उनीहरुको सम्वन्ध बारेमा थाहा पाएपछि ती महिलाका श्रीमान सरोजले युवकसँगको अबैध यौनसम्वन्ध तोड्न आग्रह गरेका थिए । महिलाले श्रीमानको आग्रहलाई स्वीकारे पनि संतोषले भने सम्वन्ध तोड्न मानेन् । महिलालाई भेट्न संतोष घरमा जबरजस्ती आइरहने क्रम चलि रह्यो ।

संतोषको यस्तो हर्कत देखेर महिलाका श्रीमानलाई मन परेको थिएन् । श्रीमतीलाई भेट्न नछोड्ने भएपछि अन्ततः सराजले ती युवकको हत्या योजना बनाए । उनले संतोषको हत्या गर्न साथिको सहयोग पनि लिएको प्रहरीले बताएको छ ।

हत्या योजना अनुसार युवतीले सोमबार राति फोन गरेर संतोषलाई घरबाहिर खेतमा भेट्न बोलाइन् । भेट्न आएपछि संतोषलाई मदिरा खुवाएर लठ्याएपछि उनले योजना अनुसार श्रीमानलाई बोलाइन् ।
सरोज र उनका साथि त्याहाँ पुगेपछि संतोषलाई कुटपिट गरी हत्या गरे । संतोषको हत्या पछि सरोज र उनका साथि फरार भएका थिए ।

मृतकका परिवारले प्रहरीमा खबर गरेपछि प्रहरीले सोधपुछ गर्दा अबैध यौनसम्वन्धका कारण युवकको हत्या भएको पाइएको छ । प्रहरीले तीनै आरोपितलाई पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाले आरोप स्वीकार गरेको पृथ्वीपुर पुलिस थानाका इन्चार्ज आलोक कुमार सिंहले बताए ।

सुन्तलस दमाई ।घरमा दुई बुहारि छन् ।आमा बेग्लै अर्कै कोठामा बस्नुहुन्छ ।कहिलेकाही त खान पाईन्छ तर धेरै जसो भोकै सुत्ने गरेको आमा बताउनुहुन्छ ।लगभक १७ -१८ बर्ष अघि श्रिमानले पनि यो संसार छाडेर गए ।आमा अहिले नितान्त एक्लो जीवन बेथित गरिरहनुभएको छ ।

आमाको एउटा हात र एउटा खुट्टा पनि चल्दैन प्यारालाईसिस भए जस्तो देखिन्छ ।चारबर्ष देखि आमामा यस्तो समस्या देखिएको हो ।एक्कासि चक्कर आएपछि एकाएक ढलियो र अन्ततः यस्तो अवस्था भएको उहाँ बताउनुहुन्छ ।श्रिमान क्यान्सर भएर बित्नु भएको रहेछ ।एक मुठ्ठि पानी समेत खान नपाई अनगिन्ती दिनहरु भोकै बिताएको आमा बताउनुहुन्छ ।

१७ बर्षको कलिलो उमेरमै आफुले बिवाह गरेको र श्रिमान रहुन्जेल आफुलाई अहिलेजस्तो दुख नभएको आमा बताउनुहुन्छ ।जम्मा पाच सन्तानकि आमा तिनबहिनि छोरी र दुई भाइ छोरा ।छोरा दुबै बिदेशमा अनि घरमा भएका बुहारिले आमालाई हदसम्मको पीडा दिदा रहेछन् ।आमाको यस्तो स्वास्थ्य अवस्था भैरहदा पनि कसैले कहिलेकाही चेकजाच गर्न नलगेको आमाले गुनासो गर्नुहुन्छ ।दुई छाक त खान नदिने बुहारिले उपचारको बारे त झन कसरी सोच्दा हुन र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *