डुब्यो बनेपा !

समाचार

काभ्रेको बनेपा पुलबजार क्षेत्रमा बाढी पसेको छ। बाढीले सडकमा गाडीहरु डुबेका छन्। बनेपाको मुख्य सडक क्षेत्रमै ठूलो बाढी बग्दा सोमबार बिहानदेखि यातायात सेवा अवरुद्ध भएको छ।

गएरातिदेखि परेको अविरल वर्षापछि बनेपा बजार जलमग्न भएको हो। स्थानीय खोला खहरेको पानी बजारमा पस्दा बनेपा जलमग्न भएको प्रहरीले जनाएको छ। घरघरमा बाढीको पानी पस्दा जनजीवन कष्टकर बनेको छ। धेरै पसल डुवानमा परेका छन्।

बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा गए रातिदेखि भारी वर्षा भइरहेको छ। जसका कारण सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् मीनप्रसाद अर्यालका अनुसार काठमाडौंमा रातिदेखि आज बिहानसम्म १ सय ५ मिलिलिटर वर्षा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *