पूजालाई धोका दिएर अर्की युवतीसँग इन्गेजमेन्ट गरे निर्देशक तथा नायक सुर्दशन थापाले।

जनचेतना

पूजालाई धोका दिएर अर्की युवतीसँग इन्गेजमेन्ट गर्दै निर्देशक तथा नायक सुर्दशन थापा
आकाशलाई धोका दिएर सुर्दशनसँग प्रेममा रहेकी भनिएकी पूजालाई धोका दिएर अर्की युवतीसँग इन्गेजमेन्ट गर्दै निर्देशक तथा नायक सुर्दशन थापा, सुर्दशनले समेत धोका दिएपछि सुर्दशनको फोटो हेरेर भक्कानिँदै रोइन् पूजा शर्मा, हेर्नुहोस् भिडियो

छवि ओझासँग छुट्टिएपछि चर्चित नायिका शिल्पा पोखरेल यि पुरुषसँग नसोचेको अवस्थामा देखा परिन्, एक छोरीका बाबुसँग शिल्पा निकै खुशी देखिइन्, ति बालिकालाई शिल्पाले आफ्नै छोरी जसरी माया गर्छिन्, लामो समयपछि अन्तरवार्ता दिँदै शिल्पाले भनिन् म विगत सम्झिन चाहान्न, पुराना दिन सम्झिँदा रुन मन लाग्छ भन्दै भक्कानिइन्

नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा परिवार तथा संस्थाले शेयर धितो राखेर १२ करोड भन्दा बढी ऋण लिन नपाउने नीति ल्याएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको उनको भनाइ छ । त्यसबाहेक लगानीयोग्य रकमको अभाव, बैंकको ब्याजदर बढ्न सक्ने संकेत देखिएकाले पनि नेप्से घट्न पुगेको अध्यक्ष मैनालीको तर्क छ ।

राष्ट्रले शेयर धितो राखेर लिने कर्जामा कसिलो नीति नल्याएको भए शेयर बजार यसरी उच्च अंकले घट्ने थिएन् । तर केन्द्रीय बैंकले एकाएक शेयर बजारलाई प्रभाव पार्ने गरी नीति ल्याएका कारण नेप्से निरन्तर ओरालो लाग्न पुगेको हो ।

कुन क्षेत्रमा कति लगानी गर्ने अधिकार त राष्ट्र बैंकको हुन्छ । तर, धितोपत्र बोर्ड मार्फत मार्जिङ ल्यान्डिङको व्यवस्था गर्न सकेको भए राष्ट्र बैंकमाथि प्रत्यक्ष रुपमा आपेक्ष नलाग्ने मैनालीले बताए । ‘बैंकबाट ब्रोकरहरुले फन्ड लिएर त्यसरी लगानी गर्न पाएको भए राष्ट्र बैंकलाई त्यति धेरै आरोप लाग्दैन थियो,’ उनले भने, ‘अन्तराष्ट्रिय बजारमा बैंकले ब्रोकरलाई रकम दिने र त्यस्तो रकम ब्रोकरमार्फत लगानी गर्ने व्यवस्था छ । तर, नेपालमा त्यो मोडलमा जान सकिएन् । बैंकबाट ब्रोकरले पाउने च्यानल स्टावलिस गरिएन त्यो भएर मार्जिन ट्रेडिङ पनि सफल हुन सकेन् ।’ अब राष्ट्र बैंक, धितोपत्र बोर्ड त्यो बाटोमा जाने गरी ध्यान दिनुपर्ने सुझाव अध्यक्ष मैनालीले दिए ।

नेप्से निरन्तर घट्नुलाई राष्ट्र बैंकको नीतिमात्रै कारण नभएको पनि उनले बताए । ‘लगानीयोग्य रकम (तरलता)को अभाव हुँदै गइरहेको छ,’ मैनालीले भने, ‘त्यसले गर्दा ब्याजदर बढ्ने सम्भावना देखिएको छ । यसले गर्दा पनि बजार ओरालो लाग्न पुगेको हो ।’ यसैगरी, हाइ्रोपावरका प्रमोटरहरुले पनि शेयर बिक्री गरेर बाहिरी सकेको जानकारी पनि उनले दिए । यसले पनि बजार घट्न पुगेकाे हाे ।

बैंकिङ प्रणालीमा तरलताको अभाव हुन थालेपछि बैंकबाट लिएको ऋणको ब्याज बढ्ने सम्भावना देखिएको छ । सरकारले खर्च नगरेका कारण बैंकिङ प्रणालीमा तरलताको अभाव हुन थालेको बिज्ञहरुको भनाइ छ ।

केही समय अघि बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलमा लगानी बढाएका थिए । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । बैंकहरुले त्यही बिल खरिद गर्न पुग्दा तरलताको अभाव हुन पुगेको उनीहरुको भनाइ छ ।

त्यसैगरी, मौद्रिक नीतिमा भएको नयाँ व्यवस्थाले थप तरलताको अभाव हुने देखिएको छ । मौद्रिक नीति ८५ प्रतिशतको सिसिडी रेसियोलाई खारेज गरी सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले पनि तरलताको अभाव हुने देखिन्छ ।

दसै तिहारका लागि सामान ल्याउन थालिएको र ठूलो रकम त्यतातिर गएकाले पनि तरलता अभाव हुन थालेको बिज्ञहरुको भनाइ छ । आयात जुन रफ्तारले बढी रहेको छ, जुन अनुपातमा आयात बढेको छ त्यसले पनि तरलता अभाव हुन पुगेको हो ।

त्यस्तै, सरकारले खर्च नगरेका कारण त्यो पनि रकम राष्ट्र बैंकमा ‘जाम’ भएर बसेको छ । सरकारले खर्च गरेपछि अलिकति तरलता सहज होला अन्यथा तरलताको अभाव क्रमशः बढेर जाने अनुमान गरिएको छ । यसले गर्दा शेयर बजारमा अझै असर पार्ने हो कि भन्ने संकेतहरु देखिएकाे ब्राेकरहरूकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *