बसको ठक्करबाट सहिदभुमीका राईको मृत्यु, एक जना घाइते

दु:खद

धनकुटा । धनकुटाको साँगुरिगढी गाउँपालिका वडा नं. ६ मालबासेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आज साँझ संखुवासभाबाट धरान जाँदै गरेको को१ख ४८८९ नम्बरको बसलाई धरानतर्फ नै जादै गरेको को१९प ९४२८ नम्बरको मोटर साइकलले ओभरटेक गर्दा बसको ठक्करबाट मोटरसाइकल चालक सहिदभुमी गाउँपालिका वडा नं. ४ का ३६ वर्षीय गणेश राईको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका राईको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बसको ठक्करबाट इलाम चुलाचुली बस्ने ३३ बर्षका रत्नकुमार राई घाइते भएका छन् । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *